काठमाडौं– नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ ।
सरकारले स्वीकृत गरेको राष्ट्रिय यातायात नीति २०८३ अनुसार नयाँ आयात हुने निजी कारमध्ये ७० प्रतिशतभन्दा बढी इभी छन् ।
नयाँ सवारी बिक्रीमा इभीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा पुगेको उल्लेख गरिएको छ, जहाँ नर्वे पहिलो स्थानमा छ ।
आर्थिक वर्ष २०८२/८३ सम्म देशभर दर्ता भएका इभीको संख्या ६३ हजार २८० पुगेको छ ।
कर तथा वित्तीय प्रोत्साहन र सहज फाइनान्सिङका कारण इभी आयात बढेको सरकारको भनाइ छ ।
यसले पेट्रोलियम पदार्थको आयात घटाउन र स्वदेशमै उत्पादन भएको विद्युत् ऊर्जाको उपयोग बढाउन सहयोग गरेको बताइएको छ ।
२५ वर्षपछि संशोधन गरिएको नयाँ यातायात नीतिले सडक, सार्वजनिक यातायात र सहरी आवागमनलाई सुरक्षित, दिगो, वातावरणमैत्री र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ ।
नीति अन्तर्गत इभी, मास ट्रान्जिट, स्मार्ट टिकटिङ, डिजिटल प्रणाली र सार्वजनिक–निजी साझेदारीलाई विशेष प्राथमिकता दिइएको छ ।


विश्व खबर 




















