images
images
  • बालेनले सत्ता सम्हालेको ४ महिनामै नेपाल औषधि लिमिटेड नाफामा

    काठमाडौं– नेपाल औषधि लिमिटेड ०४६ सालपछि पहिलोपटक नाफामा फर्किएको छ ।

    गत आर्थिक वर्ष ०८२/८३ मा कम्पनीले करिब ३ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।

    अघिल्लो वर्ष ०८१/८२ मा लिमिटेड १० करोड ३ लाख रुपैयाँ घाटामा थि यो।

    औषधि बिक्री बढ्नु, सञ्चालन खर्च कटौती हुनु र आफ्ना जग्गा–भवनबाट भाडा आम्दानी हुनु नाफाको मुख्य कारण बनेको लिमिटेडले जनाएको छ ।

    गत वर्ष कम्पनीले ८ करोड १३ लाख रुपैयाँबराबरको औषधि बिक्री गरेको थियो भने ४ करोड ८० लाख रुपैयाँ भाडा आम्दानी गरेको थियो ।

    महाप्रबन्धक कैलाश पनेरूका अनुसार हाल संस्थाको खातामा २ करोड रुपैयाँ नगद मौज्दात छ र बजारबाट उठाउन बाँकी रकम करिब ५० लाख रुपैयाँ रहेको छ ।

    पछिल्ला पाँच वर्षमा औषधि बिक्री निरन्तर बढ्दै गएको छ ।

    हाल नेपाल औषधि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गरिरहेको छ र आगामी दुई महिनाभित्र थप १० प्रकारका औषधि उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

    यद्यपि कम्पनीसँग सरकारलाई तिर्नुपर्ने १ अर्ब २६ करोड रुपैयाँ ऋण अझै बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images