images
images
  • ट्रम्पको दाबी झुट भन्दै इरानले भन्यो– ‘युद्ध नै अन्तिम विजयको अस्त्र’

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र पाँच महिनादेखि जारी युद्ध अन्त्य गर्न तेहरानका लागि यो ‘अन्तिम मौका’ भएको दाबी गरेका छन् ।

    उनले इरानी अधिकारीहरूले सम्भावित सैन्य कारबाहीको जानकारी पाएपछि आफूलाई सम्पर्क गरेको समेत बताएका छन् ।

    तर इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको स्पष्ट पार्दै ट्रम्पको दाबी अस्वीकार गरेको छ ।

    इरानी विदेश मन्त्रालयले ओमानसँग होर्मुज जलमार्गको व्यवस्थापनबारे मात्रै छलफल भइरहेको जनाएको छ ।

    सन् २०२६ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानका सैन्य तथा आणविक केन्द्रमा आक्रमण गरेपछि सुरु भएको तनाव अझै कायम छ ।

    ट्रम्पले होर्मुज जलमार्ग खोल्ने र त्यसपछि आणविक कार्यक्रमबारे वार्ता गर्ने प्रस्ताव राखे पनि इरानले युद्ध अन्त्यलाई प्राथमिकता दिएको छ ।

    विश्लेषकहरूका अनुसार दुवै पक्षको कडा अडान र विरोधाभासी बयानबाजीका कारण तत्काल कूटनीतिक समाधानको सम्भावना कमजोर देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images