images
images
  • नयाँ दलका पुरानै रोग, पुरानामा बेमेल : सत्ता, नेतृत्व परिवर्तन र पार्टी फुटको भय

    काठमाडौं– देशका प्रमुख राजनीतिक दलहरू यतिबेला आन्तरिक विवादमा अल्झिएका छन् ।

    झन्डै दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच दूरी बढेको चर्चा छ ।

    मन्त्री चयन, पार्टी नेतृत्व र संसदीय व्यवस्थापनलाई लिएर अविश्वास बढ्दै गएको बताइन्छ ।

    नेपाली कांग्रेस विशेष महाधिवेशनपछि स्पष्ट दुई धारमा विभाजित भएको छ ।

    नयाँ नेतृत्वलाई आयोग र अदालतले मान्यता दिएपछि पुरानो पक्ष असन्तुष्ट छ र अलग राजनीतिक अभ्यासको तयारीसमेत गरिरहेको संकेत देखिएको छ ।

    एमालेमा चुनावी हारपछि अध्यक्ष केपी ओलीको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ ।

    प्रदेश सरकार गठन र नेकपासँगको सत्ता सहकार्यले पार्टीभित्र असन्तुष्टि बढाएको छ ।

    कोसी प्रदेशको नेतृत्व विवाद अझै टुंगिएको छैन ।

    नेकपाभित्र पनि एमालेसँगको सहकार्यलाई लिएर माधव नेपाल र झलनाथ खनालजस्ता नेताहरू असन्तुष्ट छन् ।

    दोस्रो पुस्ताले पुराना शीर्ष नेताहरूले नेतृत्व छाड्नुपर्ने माग दोहोर्‍याइरहेको छ ।

    राप्रपामा पनि नेतृत्व र मूल एजेन्डालाई लिएर मतभेद चर्किएको छ ।

    धवलशमशेर राणालगायत केही नेताले पार्टी छाडिसकेका छन् भने कमल थापासँगको एकीकरण अझै पूर्ण हुन सकेको छैन ।

    यता जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टीलगायत सात साना दलले साउन २३ गते ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने तयारी गरेका छन् ।

    देशको राजनीतिक केन्द्र यतिबेला लगभग सबै दलमा बढ्दो आन्तरिक किचलो र पुनर्संरचनाको बहसतर्फ केन्द्रित देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images