images
images
  • ट्रम्पको अन्तिम चेतावनी, भने– ‘होर्मुज खुलाउन ढिलाइ गरे इरान खरानी बन्नेछ’

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकासँग राम्रो सम्झौता गर्ने ‘अन्तिम मौका’ रहेको चेतावनी दिएका छन् ।

    वार्ता असफल भए अझ कडा कदम चाल्न सकिने संकेत उनले दिएका छन्, यद्यपि आफू कुनै समयसीमाको दबाबमा नरहेको बताएका छन् ।

    इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गरेको छ ।

    तेहरानका अनुसार अहिले ओमानसँग मात्र होर्मुज जलडमरूमध्यबाट जहाजको सुरक्षित र अस्थायी आवागमन सुनिश्चित गर्ने विषयमा छलफल भइरहेको छ ।

    होर्मुज विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग भएकाले यहाँको तनावले विश्वव्यापी ऊर्जा आपूर्ति र तेल मूल्यमा असर पार्न सक्छ ।

    पछिल्ला दिनहरूमा ओमान नजिक व्यावसायिक जहाजमाथि आक्रमणको जोखिम बढेको रिपोर्ट सार्वजनिक भएका छन् ।

    यसैबीच साउदी अरबका केही तेल ट्यांकरले लाल सागरको छोटो मार्ग छाडेर अफ्रिका वरिपरि लामो बाटो रोजेका छन् ।

    विश्लेषकहरूका अनुसार अमेरिका–इरान तनाव, होर्मुज संकट र गाजाको युद्ध अहिले एकअर्कासँग जोडिएको व्यापक मध्यपूर्वीय सुरक्षा संकटका रूपमा विकसित हुँदै गएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images