काठमाडौं– सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४ अंकमा कायम भएको छ ।
दिनभर अधिकांश समय बजार सकारात्मक रहे पनि अन्तिम समयमा केही खस्किएको हो ।
कारोबार रकम भने बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएको थियो ।
आज १२६ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घट्यो भने ७ कम्पनी स्थिर रहे ।
बैंकिङ, विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहमा सामान्य वृद्धि देखियो भने उत्पादन, लगानी, अन्य र व्यापार समूहमा गिरावट आयो ।
कारोबार रकमका आधारमा जलविद्युत् समूह अगाडि रह्यो, जहाँ १ अर्ब ६० करोड रुपैयाँको कारोबार भयो ।
रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, ग्लोबल आईएमई बैंक, सप्तकोशी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर सबैभन्दा धेरै कारोबार भएका कम्पनी बने ।
एभरेस्ट कलरको मूल्य १५ प्रतिशतले बढ्दा सप्तकोशी विकास बैंक ११.७७ प्रतिशत र माहुली लघुवित्त ७.१६ प्रतिशतले उक्लियो ।
रिलायन्स स्पिनिङ मिल्स ७.४० प्रतिशतले घटेर सबैभन्दा बढी गुमाउने कम्पनी बन्यो ।


विश्व खबर 




















