तेहरान– इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दुई इरानी नागरिकलाई मृत्युदण्ड दिएको छ। सरकारी समाचार संस्था फार्सलाई उद्धृत गर्दै रोयटर्सले यो जानकारी दिएको हो।
इरानी अधिकारीका अनुसार उनीहरूले इरान–इजरायल युद्धका क्रममा संवेदनशील सैन्य तथा सुरक्षा स्थलहरूको जानकारी इजरायललाई उपलब्ध गराएका थिए।
यसैबीच, एम्नेस्टी इन्टरनेशनलले सन् २०२६ को जनवरीमा भएका विरोध प्रदर्शनसँग सम्बन्धित कम्तीमा २६ जनालाई जुलाईसम्म मृत्युदण्ड दिइएको जनाएको छ।
जासुसी, शत्रु राष्ट्रसँगको सहयोग र राष्ट्रिय सुरक्षाविरुद्धका गतिविधिजस्ता आरोपमा इरानले मृत्युदण्ड दिने क्रम बढाएको भन्दै मानवअधिकार समूहहरूले चिन्ता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















