काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि नयाँ ‘शान्ति योजना’ घोषणा गरिरहेकै समयमा इजरायलले गाजा क्षेत्रमा आक्रमण तीव्र पारेको छ ।
आइतबार बिहानदेखि भएका विभिन्न हवाई तथा ड्रोन हमलामा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको छ ।
गाजा सिटीको अल सुसी टावरमा भएको हवाई आक्रमणमा गर्भवती महिलासहित एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
खान युनिस, देर अल बलाह, जबालिया शरणार्थी शिविर र अल रिमाल क्षेत्रमा भएका अन्य आक्रमणमा पनि बालबालिका र सर्वसाधारण मारिएका छन् ।
स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्ला हप्तामध्ये आइतबारका आक्रमणहरूले सबैभन्दा ठूलो मानवीय क्षति पुर्याएको छ ।
इजरायलले केही हमलालाई लक्षित कारबाही भनेको भए पनि नागरिक बस्ती र विस्थापितहरू बसिरहेका त्रिपालहरूमा भएको आक्रमणले अन्तर्राष्ट्रिय चिन्ता बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















