images
images
  • बढ्यो सुन–चाँदीको भाउ, आज सुन २ लाख ८४ हजार रुपैयाँ

    काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

    अघिल्लो दिन सुन २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन चाँदी ४ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार ५८ अमेरिकी डलर मा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images