images
images
  • ट्रम्पले आक्रमण रोकेपछि इरानले के भन्यो ?

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको थप सैन्य आक्रमण तत्कालका लागि रोक्ने घोषणा गरेपछि इरानका सरकारी र अर्धसरकारी सञ्चारमाध्यमहरूले उनको कदममाथि व्यङ्ग्य गरेका छन् ।

    ट्रम्पले इरानले आक्रमण रोक्न आग्रह गरेको र स्ट्रेट अफ होर्मुज खुला राख्ने विषयमा सहमति बनेको दाबी गरेका थिए ।

    तर, इरानी सञ्चारमाध्यमहरूले यस्तो कुनै अनुरोध नगरेको भन्दै उनको दाबी अस्वीकार गरेका छन् ।

    अर्धसरकारी समाचार संस्था फार्सले ट्रम्पमाथि कटाक्ष गर्दै लेखेको छ, ‘मूर्ख ट्रम्पको जोश सकियो ।’

    कयहान अनलाइनले पनि ट्रम्पले केही दिन धम्की दिएपछि आफ्नो अडानबाट पछि हटेको टिप्पणी गरेको छ ।

    मेहर समाचार संस्थाले भने ट्रम्पले खोक्रा धम्कीलाई उपलब्धिका रूपमा प्रस्तुत गरेको आरोप लगाएको छ ।

    यसैबीच, इरानी सेनाले कुनै पनि सम्भावित परिस्थितिको सामना गर्न आफू पूर्ण तयारीमा रहेको जनाएको छ ।

    केही इरानी सञ्चारमाध्यमहरूले अमेरिकी वायु रक्षा मिसाइलको मौज्दात घट्दै गएको समाचार उद्धृत गर्दै, यही कारण ट्रम्पले थप आक्रमण रोक्ने निर्णय गरेको दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images