विराटनगर– कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा तीव्र भइरहेका बेला नेकपा (एमाले) कोशी प्रदेश इन्चार्ज शेरधन राईले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
राईले केन्द्रको नीति अनुसार मुख्यमन्त्री परिवर्तनको तयारी भइरहेको भन्दै प्रदेश सभा सदस्यहरूसँग छलफल गरेका छन् ।
उनले आज बेलुकासम्म सरकार पुनर्गठनबारे टुंगो लाग्न सक्ने संकेत पनि दिएका छन् ।
तर मुख्यमन्त्री कार्कीले पार्टीको औपचारिक निर्णय बिना आफू नहट्ने अडान दोहोर्याएका छन् ।
कार्की नेतृत्वको सरकार संविधानको धारा १६८ (५) अनुसार बनेकाले उनले स्वेच्छिक राजीनामा नदिए नयाँ सरकार गठन प्रक्रिया जटिल हुने देखिएको छ ।
एमालेभित्र कार्कीको स्थानमा तिलकुमार मेन्याङ्वोलाई मुख्यमन्त्री बनाउने चर्चा पनि चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















