काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा सबै क्षत्रमा चलिरहेको युद्ध यथा सिग्र रोक्नुपर्ने बताएका छन् ।
यस क्षत्रमा युद्धको अन्त्य भइ दिगो शान्ति स्थापना हुनुपर्ने र होर्मुज र बाब अल–मन्डबको जलमार्गमा र वरपरका अन्तरराष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्णरूपमा पुनःस्थापित हुनुपर्ने बताउँदै गुटेरेसले कूटनीतिक उपाय नै विजयीको विश्वासिलो माध्यम हुनुपर्ने बताएका छन् ।
खाडीमा सैन्य वृद्धि भएको छ महिना भइसकेको बताउँदै क्षेत्रीय द्वन्द्वको रूपमा सुरु भएको यो युद्ध विश्वव्यापी अस्थिरताको चालक बनिरहेको उनले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















