images
images
  • सुदूरपश्चिम नेकपा किचलो, खगराजलाई रोक्न धामी पक्ष सक्रिय

    धनगढी– सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला सबैभन्दा ठूलो दल नेकपाभित्र आन्तरिक किचलो चर्किएको छ ।

    एमाले–नेकपा भागबण्डाअनुसार प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ र संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना बलियो मानिएको छ ।

    तर, साविक माओवादी केन्द्रभित्रको पुरानो शक्ति संघर्ष फेरि सतहमा आएको छ ।

    मानबहादुर धामी पक्षले भट्टलाई दल नेताबाट हटाएर आफूलाई मुख्यमन्त्री बनाउने प्रयास गरेको स्रोतको दाबी छ ।

    धामी पक्षले साविक नाउपा र एकीकृत समाजवादीका सांसदसँग पनि समर्थन खोजे पनि बहुमत जुटाउन नसकेपछि उक्त प्रयास रोकिएको बताइएको छ ।

    दल नेता परिवर्तनको सम्भावना कमजोर बनेपछि अहिले मन्त्री पदको बाँडफाँडलाई लिएर नेताहरूबीच तीव्र दौडधुप सुरु भएको छ ।

    साविक नाउपाले दुई मन्त्री र एक राज्यमन्त्रीको माग राखेको छ भने एकीकृत समाजवादीले पनि सम्मानजनक सहभागिता चाहेको जनाएको छ ।

    यता नेकपाका उपनेता प्रकाश रावलले भने पार्टीभित्र कुनै गम्भीर समस्या नरहेको दाबी गरेका छन् ।

    शीर्ष नेताहरूबीच संवाद जारी रहेको र मुख्यमन्त्री कमलबहादुर शाहले मार्ग प्रशस्त गरेपछि केन्द्रको सहमतिअनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने उनले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images