काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको बढ्दो द्वन्द्व अन्त्य गर्ने र युद्धबाट सुरक्षित रूपमा बाहिरिने कूटनीतिक विकल्प खोजिरहेका छन् ।
तर, यस क्रममा उनले आफ्ना निकट साझेदारहरूबाटै फरक–फरक सन्देश पाइरहेका छन् ।
साउदी अरेबियाले युद्ध तत्काल साम्य पार्नुपर्ने दबाब दिएको छ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानमाथि थप कडा कदम चाल्न आग्रह गरेका छन् ।
यी विपरीत धारले ट्रम्पलाई अप्ठ्यारो अवस्थामा पुर्याएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हर्मुज जलमार्ग, इन्धन मूल्य वृद्धि र मध्यपूर्वमा युद्ध फैलिने जोखिमले अमेरिकी राजनीतिमा पनि असर पार्न थालेको छ ।
सैन्य कारबाही विस्तार गर्ने विकल्पमाथि छलफल भए पनि अमेरिकी सेनाले वायु आक्रमण मात्रैबाट सबै लक्ष्य हासिल गर्न नसकिने चेतावनी दिएको छ ।
यसबीच ट्रम्पका विशेष दूतहरूले अझै पनि वार्ताबाट समाधान सम्भव रहेको बताएका छन् ।
हालको कूटनीतिक प्रयास मुख्यतः हर्मुज जलमार्ग पुनः खुलाउने अस्थायी समझदारीतर्फ केन्द्रित छ ।
इजरायलको दबाब र खाडी मुलुकहरूको शान्तिको चाहनाबीच ट्रम्पका लागि सम्मानजनक ‘एक्जिट र्याम्प’ फेला पार्नु ठूलो कूटनीतिक चुनौती बनेको छ ।


विश्व खबर 




















