images
images
  • रूसी आक्रमणपछि जेलेन्स्कीको अपिल– ‘मेरो जीवन रक्षामा सहयोग गर्नुस्’

    काठमाडौं– रूसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो भीषण आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

    पूर्वी द्निप्रोपेत्रोभ्स्क र पश्चिमी लिभभ क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

    रातभर जारी आक्रमणमा रूसले ७० भन्दा बढी क्षेप्यास्त्र र २८० भन्दा बढी आक्रमणकारी ड्रोन प्रयोग गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

    युक्रेनी वायु रक्षा प्रणालीले तीमध्ये २६० भन्दा बढी ड्रोन खसालेको उनको दाबी छ ।

    आक्रमणपछि जेलेन्स्कीले रूसको आतंकको निन्दा गर्दै नागरिकको जीवन जोगाउन थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए ।

    उनले वायु रक्षा प्रणाली र ब्यालिस्टिक क्षेप्यास्त्रविरुद्ध प्रयोग हुने प्रतिरोधी क्षेप्यास्त्रको आपूर्तिमा भएको ढिलाइले क्षति बढाएको पनि उल्लेख गरे ।

    उता, रूसी रक्षा मन्त्रालयले आफ्ना वायु रक्षा प्रणालीले रातभरमा २५८ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

    पछिल्लो आक्रमणले युद्धका क्रममा नागरिक क्षेत्र र पूर्वाधारमाथि बढ्दो जोखिमलाई पुनः उजागर गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images