images
images
  • अमेरिकी आक्रमणको पूर्णजवाफ दिने इरानको चेतावनी

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याम्प डेभिडमा मन्त्रिपरिषद्को बैठकपछि इरानमाथि भरोसा नरहेको बताएका छन् ।

    उनले इरान वार्ताको कुरा गरे पनि बारम्बार प्रतिबद्धताबाट पछि हट्ने आरोप लगाए ।

    ट्रम्पले अमेरिका र इरानबीच अझै संवाद जारी रहेको र स्टिभ विटकफ, जेडी भ्यान्स, मार्को रुबियो र जेरेड कुश्नर वार्तामा संलग्न रहेको जानकारी दिए ।

    यसैबीच, अमेरिकी र इजरायली पक्षले इरानका ऊर्जा पूर्वाधारमाथि सम्भावित हमलाको तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ ।

    तर ट्रम्पले अन्तिम स्वीकृति दिएको पुष्टि भएको छैन ।

    इरानले भने कुनै पनि अमेरिकी हमलाको कडा जवाफ दिने चेतावनी दिएको छ ।

    अमेरिकाले भने हालसम्म कुनै आधिकारिक सैन्य घोषणा गरेको छैन ।

    तनावको असर समुद्री व्यापारमा पनि देखिएको छ ।

    होर्मुज स्ट्रेट हुँदै जाने जहाजहरूको संख्या उल्लेख्य रूपमा घटेको छ ।

    इरानले आफ्ना बन्दरगाहमाथि दबाब जारी रहे विश्व ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।

    बाब अल–मन्देब क्षेत्रका हुथी विद्रोहीहरूले भने आफ्नो नियन्त्रण क्षेत्रमा प्रतिबन्ध नलागेका जहाजहरूको आवतजावत सुरक्षित र निःशुल्क रहने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images