images
images
  • ट्रम्पको दाबी : हमास गजाको शासन छाड्न र निःशस्त्रीकरणमा सहमत

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र गजाका अन्य सशस्त्र समूह गजाको शासन छाड्न तथा निःशस्त्रीकरण गर्न सहमत भएको दाबी गरेका छन्।

    ट्रम्पले ट्रुथ सोसलमार्फत कतार, टर्की र इजिप्टको मध्यस्थतामा भएको वार्तापछि ऐतिहासिक सहमति भएको बताएका हुन्।

    प्रस्तावित सहमति अनुसार हमास गजाको प्रशासनबाट बाहिरिने र नयाँ प्राविधिक निकायले शासन सम्हाल्नेछ।

    निःशस्त्रीकरण प्रक्रिया करिब ९ महिनामा चरणबद्ध रूपमा पूरा गर्ने योजना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    तर अल जजिराका अनुसार हमासले इसराइली सेना गजाबाट नफर्केसम्म र आफ्ना सर्त पूरा नभएसम्म हतियार नबुझाउने बताएको छ।

    हमासका प्रतिनिधि गाजी हमादले तत्काल निःशस्त्रीकरणमा सहमति नभएको स्पष्ट पारेका छन्।

    सम्झौताको कार्यान्वयन अझै अनिश्चित देखिएको छ भने इसराइलले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images