images
images
  • झन्डै ३ लाख पुग्न लागेको सुनको भाउ ह्वात्तै बढ्यो, चाँदीको पनि महँगियो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन–चाँदी दुवैको मूल्य बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

    बिहीबार सुन २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ३६० रुपैयाँ पुगेको छ ।

    अघिल्लो दिन चाँदी ४ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images