images
images
  • कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु

    काठमाडौं– कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको छ ।

    उनी कुवेतमा सवारी चालकका रूपमा कार्यरत थिए ।

    कुवेतस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार भएको आक्रमणमा तामाङको ज्यान गएको हो ।

    कुवेतको परराष्ट्र मन्त्रालयले घटनाबारे दूतावासलाई आधिकारिक जानकारी गराएको जनाएको छ ।

    दूतावासले शव नेपाल पठाउन आवश्यक कानुनी प्रक्रिया र समन्वय भइरहेको जनाएको छ ।

    साथै, कुवेतमा रहेका नेपाली नागरिकलाई सतर्क रहन र स्थानीय सरकारले जारी गरेका सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images