images
images
  • जोर्डनस्थित अमेरिकी एयरबेसमा तीन एफ–३५ ध्वस्त पारेको इरानको दाबी

    तेहरान– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स -आईआरजीसी)ले जोर्डनको अल–अजराक अमेरिकी हवाई अड्डामा गरिएको क्षेप्यास्त्र आक्रमणमा अमेरिकाका तीन एफ–३५ लडाकु विमान पूर्ण रूपमा नष्ट भएको दाबी गरेको छ ।

    फार्स समाचार एजेन्सीका अनुसार इरानले केश टापुमा अमेरिकाले गरेको आक्रमणको प्रतिशोधस्वरूप उक्त एयरबेसलाई लक्षित गरिएको जनाएको छ ।

    आईआरजीसीले र्‍याम्प र मर्मत केन्द्रमा प्रहार गरिएको आक्रमणमा थप तीन एफ–३५ विमानमा गम्भीर क्षति पुगेको दाबी गरेको छ ।

    यस घटनामा अमेरिकी सैन्य तथा प्राविधिक कर्मचारीको मृत्यु भएको पनि इरानले जनाएको छ ।

    अमेरिकी पक्षबाट भने अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images