काठमाडौं– जापानको कुमामोटो क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि उद्धार कार्य तीव्र पारिएको छ ।
अधिकारीहरूका अनुसार मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
एओन सपिङ मलमा ग्यास विस्फोट भएपछि भग्नावशेषबाट चार जनाको शव निकालिएको छ ।
मलबाट १० जनालाई उद्धार गरिएकोमा चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन् ।
यात्सुशिरोस्थित निप्पोन पेपर कारखानामा पाँच जनाको मृत्यु पुष्टि भएको छ भने चार जना अझै बेपत्ता छन् ।
यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ६।८ मापन गरिएको छ ।
भूकम्पले घर र पुलमा क्षति पुर्याएको तथा हजारौं मानिस बिजुली र पानीबाट वञ्चित भएका छन् ।
जापान प्रशान्त “रिंग अफ फायर” क्षेत्रमा पर्ने भएकाले विश्वकै सबैभन्दा भूकम्पीय रूपमा सक्रिय देशमध्ये एक मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















