काठमाडौं– रूसले बिहीबार युक्रेनका विभिन्न सहरमा गरेको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
मृतकमा दुई बालबालिका पनि छन् ।
आक्रमण राजधानी किभ, पश्चिमी सहर ल्भिभ, ड्निप्रोपेत्रोभ्स्क, पोल्टाभा र राष्ट्रपति जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा भएको हो ।
क्रिभी रिहमा रूसले ‘इस्कान्देर–एम’ ब्यालिस्टिक मिसाइल प्रयोग गरी एउटा घरमा प्रहार गर्दा ५ र १२ वर्षकी दुई बालिकासहित ६ जनाको मृत्यु भयो ।
किभमा एकजनाको मृत्यु भएको छ भने ड्निप्रोपेत्रोभ्स्क र पोल्टाभामा थप ६ जनाको ज्यान गएको छ ।
ल्भिभमा मिसाइलले दुई अपार्टमेन्ट भवनमा क्षति पुर्याएको छ, जहाँ १५ जना घाइते भएका छन् ।
उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजीमा जुटिरहेका छन् ।
राष्ट्रपति जेलेन्स्की अमेरिकाबाट फर्किएलगत्तै यी आक्रमण भएका हुन् ।
उनले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटमा युक्रेनलाई प्याट्रियोट मिसाइल उपलब्ध गराउने सहमति भएको बताएका थिए ।
आक्रमणपछि छिमेकी मुलुक पोल्यान्डले आफ्नो हवाई क्षेत्रको सुरक्षाका लागि फाइटर जेट तयार राखेको छ ।


विश्व खबर 




















