images
images
  • पाकिस्तानको प्रहरी चौकीमा आक्रमण ९ प्रहरीसहित २४ जनाको मृत्यु

    काठमाडौं– पाकिस्तानको उत्तरी प्रान्त खैबर पख्तुनख्वाको हङ्गु जिल्लामा रहेको प्रहरी चौकीमा सशस्त्र समूहले गरेको आक्रमणमा ९ प्रहरीसहित २४ जनाको मृत्यु भएको छ।

    बुधबार भएको उक्त आक्रमणमा २६ प्रहरी घाइते भएका छन् भने जवाफी कारबाहीमा सुरक्षाकर्मीले १५ आक्रमणकारीलाई मारेका छन्। झडपमा प्रहरीको बख्तरबन्द गाडीसहित धेरै सवारीसाधनमा क्षति पुगेको छ।

    यस आक्रमणको जिम्मेवारी प्रतिबन्धित समूह तेहरिक–ए–तालिबान पाकिस्तान ९टिटिपी० ले लिएको छ। पछिल्लो समय यस समूहले सो प्रान्तमा सुरक्षा निकायमाथि आक्रमण तीव्र पारेको छ।

    यसअघि शुक्रबार ट्याङ्क जिल्लाको अर्को चौकीमा आत्मघाती आक्रमणमा १५ जनाको मृत्यु भएको थियो भने जवाफी कारबाहीमा १२ आक्रमणकारी मारिएका थिए।

    पाकिस्तानले यी आक्रमणका लागि अफगानिस्तानबाट सञ्चालित आतङ्कवादी समूहलाई दोषी ठहराउँदै आएको छ, तर अफगान तालिबान सरकारले भने आफ्नो भूमि अरूविरुद्ध प्रयोग नहुने बताउँदै आरोप अस्वीकार गरेको छ। दुवै देशबीच यस विषयमा तनाव बढ्दो छ, पाकिस्तानले अफगान भूमिमा हवाई आक्रमणसमेत गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images