images
images
  • इरानले ४०० मिसाइल खरिद गर्न चीनसँग गर्‍यो सम्झौता, पहिलो खेप तेहरानमा

    काठमाडौं– इरानले चीनबाट ३०० देखि ४०० वटा छोटो दूरीका हवाई प्रतिरक्षा मिसाइल खरिद गर्ने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।

    सम्झौतामा क्युडब्ल्यु–१२ र एफएन–१६ प्रणाली समावेश छन्, जसलाई काँधमै बोकेर प्रहार गर्न सकिन्छ ।

    सम्झौताको मूल्य करिब ६०–७० मिलियन अमेरिकी डलर रहेको बताइएको छ ।

    पहिलो खेप केही साताभित्र तेहरान पुग्ने तयारी भएको स्रोतहरूको दाबी छ ।

    यो खरिद अमेरिका र इजराइलसँगको युद्धपछि कमजोर बनेको इरानको छोटो दूरीको हवाई सुरक्षा क्षमता सुदृढ पार्ने उद्देश्यले गरिएको मानिएको छ ।

    चिनियाँ विदेश मन्त्रालयले भने इरानलाई हतियार बिक्री गरिएको दाबीलाई निराधार भनेको छ ।

    स्रोतहरूका अनुसार मिसाइल उरुम्चीबाट पठाइने योजना छ, तर पाकिस्तानमार्फत लैजाने विषयमा पाकिस्तानको सेनाले अस्वीकार गरेको छ ।

    रक्षा विश्लेषकहरूका अनुसार यस्ता मोबाइल हवाई सुरक्षा प्रणाली ड्रोन, हेलिकप्टर र कम उचाइमा उड्ने विमानविरुद्ध प्रभावकारी मानिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images