images
images
  • नेप्से परिसूचक सामान्य अंकले घट्यो

    काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दिनभरजसो उतारचढावपूर्ण हुँदै अन्तिम समयमा सामान्य अंकले घटेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ७९ अंकले घटेर दुई हजार ६८८ दशमलव ८८ मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७८ अंकले घटेर ४७० मा पुगेको छ ।

    त्यस्तै फ्लोट सूचक शून्य दशमलव ६५ अंकले घटेर १८४ दशमलव ५७ मा पुगेको छ ।

    त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ४२ अंकले घटेर १५९ दशमलव २७ मा पुगेको छ ।

    आज विभिन्न कम्पनीका ९७ लाख ७७ हजार ५१२ कित्ता शेयर रु चार अर्ब दुई करोड ९३ लाख ९० हजार ३५१ मूल्यमा खरिद बिक्री भएको छ ।

    आज १३ उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घटेको छ ।

    आज ७८ कम्पनीको शेयर बढ्यो भने १८६ कम्पनीको शेयर घट्यो ।

    त्यसैगरी ११ कम्पनीको शेयर स्थिर रह्यो ।

    नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, स्नो रिर्भस लिमिटेड, नबिल व्यालेन्स फण्डलगायत लगानीकर्ताले कमाएका छन् ।

    त्यस्तै गरी गरिमा समृद्धि योजना, सिभिल बैंक डिबेञ्चर, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडलगायतका लगानीकर्ताले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images