काठमाडौं– बागमती प्रदेशमा नयाँ सरकार गठनको विषयमा नेकपाभित्र आन्तरिक विवाद सतहमा आएको छ ।
एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार एमाले नेतृत्वमा सरकार बन्ने तयारी भए पनि तत्कालीन एकीकृत समाजवादी पक्षका सांसदहरूले त्यसमा असन्तुष्टि जनाएका छन् ।
हेटौंडामा बसेको संसदीय दलको बैठक उनीहरूले बहिष्कार गरेका छन् ।
माधव नेपाल पक्षका नेताहरूले प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार प्रदेशकै नेताहरूलाई हुनुपर्ने र केन्द्रको हस्तक्षेप संघीयताको मर्मविपरीत भएको बताएका छन् ।
उनीहरूले हालको सरकारलाई नै बाँकी अवधिसम्म निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।
यसबीच कर्णाली प्रदेशमा पनि नेकपा र एमालेबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेको छैन ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले आज एक्लै शपथ लिने तयारी गरिएको छ भने मन्त्रालय बाँडफाँटबारे दुवै दलबीच छलफल जारी रहेको बताइएको छ ।


विश्व खबर 


















