images
images
  • इरान, इराक र हुथी आक्रमणको निशानामा साउदी

    काठमाडौं– पश्चिम एसियामा बढ्दो द्वन्द्वबाट टाढा रहन प्रयासरत साउदी अरब अहिले इरान, इरान समर्थित इराकी सशस्त्र समूह र यमनका हुथी विद्रोहीबाट एकैसाथ सुरक्षा चुनौती सामना गरिरहेको छ ।

    हुथीहरूले साउदी तेल पूर्वाधारमा मिसाइल आक्रमण गरेका छन् भने इराकस्थित इरान समर्थित समूहहरूले ड्रोनमार्फत रियाद र रणनीतिक संरचनालाई निशाना बनाउने प्रयास गरेका छन् ।

    यसबीच साउदी अरबले अमेरिकासँग मिलेर इराकको पूर्वी क्षेत्रमा रहेका ती समूहका अड्डामा हवाई आक्रमण गरेको छ ।

    रियादले यसलाई आफ्नो तेल पूर्वाधारमाथि भएका लगातार आक्रमणको प्रतिउत्तर भनेको छ ।

    विश्लेषकहरूका अनुसार साउदी अब केवल रक्षात्मक नीति अपनाउने अवस्थामा छैन ।

    क्षेत्रीय अस्थिरताले साउदीको विदेशी लगानी, पर्यटन, ऊर्जा निर्यात र आर्थिक रूपान्तरण योजनामाथि पनि दबाब बढाएको छ ।

    लाल सागरमार्फत तेल निर्यात गर्ने वैकल्पिक मार्गसमेत हुथी गतिविधिका कारण जोखिममा परेको छ ।

    इरानसँगको प्रत्यक्ष तनाव, इराकबाट हुने ड्रोन खतरा र यमनको मोर्चा एकसाथ सक्रिय भएपछि साउदी अरब कठिन रणनीतिक निर्णयको चरणमा पुगेको मानिएको छ ।

    द्वन्द्व थप फैलियो भने साउदीको सुरक्षा, अर्थतन्त्र र दीर्घकालीन विकास रणनीति सबैभन्दा ठूलो परीक्षामा पर्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images