तेहरान– अमेरिका र इजरायलसँगको युद्धपछि आफ्नो हवाई प्रतिरक्षा क्षमता बलियो बनाउन इरानले चीनबाट करिब ३०० देखि ४०० वटा काँधमा राखेर प्रहार गर्न सकिने हवाई प्रतिरक्षा मिसाइल प्रणाली (MANPADS) खरिद गर्ने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।
स्रोतका अनुसार करिब ६ करोडदेखि ७ करोड अमेरिकी डलर बराबरको यस सम्झौताअन्तर्गत चीनमा निर्मित QW-12 र FN-16 मिसाइल प्रणाली आपूर्ति गरिनेछ ।
हङकङस्थित झोङचिङ बाओसाङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनीले इरानी पक्ष र चिनियाँ आपूर्तिकर्ताबीच मध्यस्थकर्ताको भूमिका खेलेको बताइएको छ ।
योजनाअनुसार हतियारहरू पश्चिमी चीनको उरुम्छीबाट पठाइने र पाकिस्तान हुँदै इरान पुर्याइने चर्चा भए पनि, पाकिस्तान र चीन दुवैले उक्त दाबी अस्वीकार गरेका छन् ।
पाकिस्तानी सेनाले यसलाई पूर्ण रूपमा मनगढन्ते भनेको छ भने चीनले पनि समाचारलाई निराधार जनाएको छ ।
सैन्य विश्लेषकहरूका अनुसार यस्तो पोर्टेबल हवाई प्रतिरक्षा प्रणालीले कम उचाइमा उड्ने विमान, हेलिकप्टर र ड्रोनविरुद्ध इरानको छोटो दूरीको प्रतिरक्षा क्षमता उल्लेखनीय रूपमा बढाउन सक्छ ।


विश्व खबर 




















