काठमाडौं– अमेरिका र साउदी अरबले पूर्वी इराकमा इरान समर्थित सशस्त्र समूहका हतियार भण्डारण स्थलहरूलाई लक्ष्य गरेर हवाई हमला गरेका छन् ।
साउदीले हालै आफ्ना तेल पूर्वाधारमाथि भएका ड्रोन आक्रमणको जवाफस्वरूप कारबाही गरिएको जनाएको छ ।
अमेरिकाले पनि पछिल्लो ७२ घन्टामा भएका ड्रोन हमलाको प्रतिकारमा आक्रमण गरिएको पुष्टि गरेको छ ।
इरान समर्थित ‘इस्लामिक रेसिस्टेन्स इन इराक’ ले भने ड्रोन आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै साउदीलाई चेतावनी दिएको छ ।
यसबीच इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई ड्रोन र ब्यालिस्टिक मिसाइलले निशाना बनाएको दाबी गरिएको छ, तर अमेरिकी सेनाले ती हमला विफल पारिएको जनाएको छ ।
केही दिनदेखि देखिएको अस्थायी शान्ति बुधबारको घटनापछि फेरि टुटेको छ ।
होर्मुज जलमार्गको तनाव, तेलको मूल्यवृद्धि र अमेरिकी घरेलु राजनीतिक दबाबबीच क्षेत्रीय युद्ध पुनः चर्किन सक्ने जोखिम बढेको छ ।


विश्व खबर 




















