काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको समर्थनबिना इजराइलको अस्तित्व नै संकटमा पर्ने बताएका छन् ।
इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग मंगलबार हुने भेटअघि एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
इरानमाथिको संयुक्त अमेरिकी–इजराइली आक्रमणपछि दुई नेताबीच पहिलो भेट हुन लागेको हो ।
ट्रम्पले आफू र नेतन्याहूबीच सैन्य उद्देश्यमा केही भिन्नता रहेको स्वीकार गर्दै सम्बन्धमा तनावको संकेत पनि दिएका छन् ।
नेतन्याहूले अमेरिका प्रस्थानअघि इरान मुख्य एजेन्डा हुने तर अन्य सबै विषयमा पनि छलफल हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















