काठमाडौं– जुलाईदेखि इरानविरुद्ध पुनः सुरु गरिएको अमेरिकी सैन्य अभियानमा ४ अमेरिकी सैनिक मारिएका छन् भने २०७ जना घाइते भएका छन् ।
जुलाई २५ सम्मको कुल तथ्यांकअनुसार ‘एपिक फ्युरी’ अभियानमा १४ सैनिकको मृत्यु र ४१७ जना घाइते भएको पेन्टागनले जनाएको छ ।
पेन्टागनले ‘ओभरसिज अपरेसन्स’ शीर्षकअन्तर्गत जुलाई ७ पछिका हताहतीलाई छुट्टै वर्गीकृत गरेको हो ।
मृतक सैनिकको नाम सार्वजनिक गरिए पनि मृत्युको समय, स्थान र कारणबारे विस्तृत विवरण दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















