images
images
  • १ रुपैयाँको सिक्काबाट चुच्चेनक्सा हटाउने प्रस्ताव बोर्डबाटै स्वीकृत भएको खुलासा

    काठमाडौं– नेपाल सरकारको प्रस्तावमा नेपाल राष्ट्र बैंक सञ्चालक समितिले एक रुपैयाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाएर मुस्ताङको प्राचीन लो घेकेर (घार) गुम्बाको आकृति राख्ने प्रस्ताव स्वीकृत गरेको खुलासा भएको छ ।

    राष्ट्र बैंक स्रोतका अनुसार नोट तथा सिक्का डिजाइन तथा छपाइ समितिको सिफारिसपछि प्रस्ताव बोर्डमा पुगेको थियो र असार २२ वा २३ गतेतिर स्वीकृत गरिएको हो ।

    त्यसपछि ३२ असार २०८३ को मन्त्रिपरिषद् बैठकले एक र दुई रुपैयाँका सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई अनुमति दिएको थियो ।

    प्रस्तावमा सिक्काको रंग गोल्डेनबाट सिल्भर बनाउने, आकार र तौल घटाउने तथा उत्पादन लागत कम गर्ने योजना पनि समेटिएको छ ।

    हाल ४ ग्राम रहेको एक रुपैयाँको सिक्का ३।५ ग्राम वा सोभन्दा कम तौलमा बनाउने तयारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    यद्यपि, सिक्कामा अन्तिम रूपमा कुन आकृति रहने भन्ने विषयमा राष्ट्र बैंकभित्रै फरक भनाइ देखिएको छ ।

    कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले भने नेपालको नक्सासहितकै सिक्का टकमरी हुने दाबी गरेका छन् ।

    लो घेकेर गुम्बा उपल्लो मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको आठौं शताब्दीको प्राचीन बौद्ध गुम्बा हो, जसलाई घार गुम्बा पनि भनिन्छ ।

    यसको ऐतिहासिक र धार्मिक महत्वका कारण सिक्कामा समावेश गर्न खोजिएको बताइए पनि भूराजनीतिक स्वार्थ जोडिएको भन्दै आलोचना भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images