काठमाडौं– नेपालका दुई चर्चित व्यापारिक समूह, गुण समूह र बतास ग्रुप, गम्भीर आर्थिक संकटमा परेको चर्चा तीव्र भएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ठूलो परिमाणको कर्जा समयमै तिर्न नसकेको र केही कर्जा नवीकरणमा समेत समस्या देखिएको स्रोतहरूको दाबी छ ।
गुण समूहका अध्यक्ष राजेन्द्र (दिजेन्द्र) शाक्यसँग सम्बन्धित होटल, एयरलाइन्स, सहकारी, मिडिया, रियल इस्टेट र अन्य व्यवसायमा ठूलो लगानी रहेको बताइन्छ ।
तर, हाल उनका केही कर्जाको किस्ता महिनौँदेखि नतिरेको चर्चा छ ।
त्यस्तै, आनन्दराज बतास नेतृत्वको बतास ग्रुप पनि कर्जा भुक्तानीमा दबाबमा परेको बताइएको छ ।
समूहको नगद प्रवाह कमजोर भएको र बैंकहरूसँग पुनर्संरचना तथा भुक्तानी व्यवस्थापनबारे छलफल भइरहेको जानकारी बाहिरिएको छ ।
यद्यपि, यी दुवै समूहलाई औपचारिक रूपमा टाट पल्टेको घोषणा भने गरिएको छैन ।
सम्बन्धित कम्पनी, बैंक वा नियामक निकायबाट आधिकारिक पुष्टि नआएसम्म दाबीहरूलाई सावधानीपूर्वक हेर्न आवश्यक छ ।


विश्व खबर 




















