images
images
  • इराकमा मिसाइल र ड्रोनको गर्जन, इरानी आक्रमणको आशंका

    काठमाडौं– इराकको उत्तरी सहर एरबिलमा मंगलबार बिहान लगातार विस्फोटका आवाज सुनिएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

    केही विस्फोट अमेरिकी वाणिज्य दूतावासनजिकै भएको जनाइएको छ ।

    अलजजिराका अनुसार इरानी मिसाइल र ड्रोनले खलिफान र सोरान क्षेत्रलाई निसाना बनाएको आशंका गरिएको छ ।

    आक्रमणपछि आगलागी भएको र कम्तीमा सात विस्फोटका आवाज सुनिएको स्थानीय प्रहरीले जनाएको छ ।

    घटनापछि एरबिलको आकाशमा अमेरिकी लडाकु विमान र निगरानी ड्रोन परिचालन गरिएको छ ।

    क्षति वा मानवीय हताहतीबारे भने हालसम्म आधिकारिक पुष्टि भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images