images
images
  • जेलेन्सकीको गम्भीर आरोप लगाएपछि ट्रम्प–पुटिन संवादको तयारी

    काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रूसले इरानलाई भूउपग्रहमार्फत अमेरिकी सैन्य अखडाबारे जानकारी दिएको गम्भीर आरोप लगाएका छन् ।

    यस आरोपपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस विषयमा संवाद गर्ने बताएका हुन् ।

    पत्रकारहरूको प्रश्नमा ट्रम्पले भने, ‘म पुटिनसँग सोध्छु । यसको वास्तविकता पत्ता लगाउनेछौं ।’

    उनले यस घटनाले ठूलो प्रभाव नपारेको पनि उल्लेख गरे ।

    ट्रम्पले इरानलाई सैन्य कारबाही रोक्न र वार्तामा आउन आग्रह गरेको तथा हाल दुवै पक्षबीच सौहार्दपूर्ण छलफल भइरहेको दाबी गरेका छन् ।

    उनले यसअघि चीन वा रूसबाट इरानलाई सूचना पुगेको हुन सक्ने संकेत पनि गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images