images
images
  • इरान समर्थित हुथी विद्रोहीद्वारा साउदीमा मिसाइलको वर्षा

    काठमाडौं– अमेरिका–इरान तनावको असर अब यमनमा पनि देखिन थालेको छ ।

    हुथी विद्रोहीहरूले साउदी अरब र लालसागरमा सञ्चालन हुने जहाजहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण बढाएपछि साउदी नेतृत्वको गठबन्धनले साना लगायत हुथी नियन्त्रणका क्षेत्रमा हवाई हमला थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    जुलाई १३ मा हुथी नेताहरूलाई बोकेको इरानी विमान साना विमानस्थलमा अवतरण गर्न नदिइएपछि विवाद चर्किएको थियो ।

    त्यसपछि हुथीहरूले साउदीविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेका थिए ।

    सन् २०२२ को संयुक्त राष्ट्रसङ्घीय युद्धविरामपछि प्रत्यक्ष युद्ध कम भएको भए पनि पछिल्ला मिसाइल, ड्रोन र हवाई आक्रमणले चार वर्षदेखि कायम रहेको शान्ति प्रक्रिया धरापमा परेको विश्लेषण गरिएको छ ।

    विश्लेषकहरूका अनुसार साउदी अरब लामो युद्धमा फर्किन चाहँदैन भने हुथीहरू राजनीतिक र आर्थिक प्रभाव बढाउन दबाबको रणनीतिमा छन् ।

    गाजा युद्ध र अमेरिका–इरान तनावपछि क्षेत्रीय शक्ति संघर्ष अझ जटिल बनेको मानिएको छ ।

    पछिल्ला घटनाक्रमले यमनमा पुनः ठूलो द्वन्द्व भड्किने र त्यसको असर समग्र मध्यपूर्वमा फैलिने जोखिम बढेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images