images
images
  • सुनको भाउ ह्वात्तै घट्यो, चाँदीको मूल्य पनि सस्तियो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

    सोमबार तोलामा एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार तीन सय रूपैयाँ घटेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ ।

    सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

    सोमबार तोलामा चार हजार चार सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३५ रूपैयाँ घटेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images