काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आग्रहपछि अमेरिकाले इरानमाथिका हवाई आक्रमण अस्थायी रूपमा रोकेको दाबी गरेका छन् ।
उनले नयाँ युद्धविराम सम्झौता नभए आक्रमण पुनः सुरु हुन सक्ने चेतावनी पनि दिएका छन् ।
तर, इरानले ट्रम्पको दाबी अस्वीकार गर्दै अमेरिकासँग कुनै वार्ता नभइरहेको स्पष्ट पारेको छ ।
इरानी विदेश मन्त्रालयले युद्ध र शान्तिसम्बन्धी निर्णय अमेरिकाले निर्धारण गर्न नसक्ने जनाएको छ ।
यसैबीच, साउदी अरेबियाले इरान समर्थित मिलिसियाले प्रहार गरेका केही ड्रोनहरू खसालिएको बताएको छ। तनावबीच विश्व बजारमा ब्रेन्ट क्रुडको मूल्य ६.७ प्रतिशत घटेर प्रतिव्यारेल ९० डलरमा झरेको छ ।
क्यास्पियन सागरमा इरानी जहाजमाथि भएको युक्रेनी आक्रमणपछि तेहरानले कीभलाई कडा चेतावनी दिएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले उक्त आक्रमणको जवाफ दिइने बताएका छन् ।
घटनाक्रमले मध्यपूर्व र पूर्वी युरोप दुवैतर्फ सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ ।


विश्व खबर 




















