images
images
  • अमेरिकी हवाई आक्रमण रोकिएपछि इरान मौन

    काठमाडौं– अमेरिकाले इरानमाथिको हवाई आक्रमण अस्थायी रूपमा रोकेपछि इरानले पनि प्रतिआक्रमण नगर्ने संकेत दिएको छ ।

    रोयटर्सका अनुसार एक वरिष्ठ इरानी अधिकारीले अमेरिकाबाट थप हमला नभएसम्म इरानले पनि सैन्य गतिविधि स्थगित गर्ने बताएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक प्रयासलाई समय दिन र सैन्य स्रोतको अवस्थालाई ध्यानमा राख्दै बमबारी रोक्ने निर्णय गरेका हुन् ।

    पछिल्ला दुई दिनदेखि दुवै पक्षबाट कुनै नयाँ आक्रमण भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images