images
images
  • ३३ अंकले घट्यो सेयर बजार, कारोबार ६ अर्बमाथि

    काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २,७०१ बिन्दुमा झरेको छ ।

    बजारमा ६ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ३५ कम्पनीको सेयर मूल्य बढेको, २३५ कम्पनीको घटेको र ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    उत्पादन तथा प्रशोधन, व्यापार र होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी गिरावट देखिएको छ ।

    हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र कालंगा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरे ।

    कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्स अग्रस्थानमा रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images