images
images
  • दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय

    सोल– दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई सन् २०२२ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा झुटा अभिव्यक्ति दिएको ठहर गर्दै १८ महिनाको जेल सजाय सुनाएको छ ।

    अदालतले उक्त सजाय तीन वर्षका लागि निलम्बन गरेको छ ।

    फैसला पुनरावेदनबाट पनि सदर भएमा युनको दल पिपुल पावर पार्टीले सरकारले उपलब्ध गराएको निर्वाचन खर्च फिर्ता गर्नुपर्ने हुन सक्छ ।

    अदालतले निर्वाचनका बेला उम्मेदवारले गलत सूचना दिँदा मतदाताको निर्णय प्रक्रियामा गम्भीर असर पर्ने उल्लेख गरेको छ ।

    युनले भने आरोप अस्वीकार गर्दै फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

    उनी हाल सैनिक शासन घोषणासम्बन्धी विद्रोहको मुद्दासहित अन्य आपराधिक मुद्दाहरू पनि सामना गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images