जेरुसेलम– इजरायलमा आगामी अक्टोबर २७ मा हुने आमनिर्वाचनअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पूर्वसेना प्रमुख गदी आइसेनकोटले कडा चुनौती दिएका छन् ।
च्यानल–१२ को पछिल्लो सर्वेक्षणअनुसार आइसेनकोट नेतृत्वको नयाँ पार्टी यासरले १२० सदस्यीय नेसेटमा २३ सिट जित्ने अनुमान गरिएको छ भने नेतन्याहुको लिकुड पार्टी २२ सिटमा सीमित रहने प्रक्षेपण छ ।
प्रधानमन्त्रीका लागि उपयुक्त उम्मेदवारका रूपमा पनि ४३ प्रतिशतले आइसेनकोट र ३४ प्रतिशतले नेतन्याहुलाई रोजेका छन् ।
आइसेनकोटले सुरक्षा सुधार, राष्ट्रिय एकता, गाजा युद्धसम्बन्धी स्वतन्त्र छानबिन आयोग, न्यायपालिकाको स्वतन्त्रता तथा सबै समुदायका नागरिकलाई राष्ट्रिय सेवामा समेट्ने एजेन्डा अघि सारेका छन् ।
विश्लेषकहरूका अनुसार हमास आक्रमणपछि सुरक्षा व्यवस्थाप्रति बढेको असन्तुष्टि र नेतन्याहुको नेतृत्वप्रतिको प्रश्नबीच आइसेनकोट अहिले उनको सबैभन्दा बलियो चुनावी प्रतिस्पर्धी बनेका छन् ।


विश्व खबर 




















