images
images
  • रूस–युक्रेन युद्ध उत्कर्षमा, दुवैतर्फ १० जनाको मृत्यु

    किभ– रूस–युक्रेनबीच जारी आक्रमण–प्रत्याक्रमण थप तीव्र बन्दै गएको छ ।

    आइतबार भएका मिसाइल र ड्रोन आक्रमणमा दुवैतर्फ गरी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

    युक्रेनका अनुसार रूसी आक्रमणमा ९ वर्षीया बालिकासहित ६ जनाको ज्यान गएको छ भने रूसले युक्रेनी ड्रोन आक्रमणमा होर्लिभ्कामा चार सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

    रुसले रातभर सातवटा ब्यालिस्टिक मिसाइल र १३६ ड्रोन प्रहार गरेको युक्रेनले जनाएको छ ।

    राजधानी किभ, चेर्निहिभ, खार्किभ र जापोरिज्झिया मुख्य निशानामा परेका थिए ।

    चेर्निहिभको सुपरमार्केटमा भएको आक्रमणलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘आतंककारी कार्य’ को संज्ञा दिएका छन् ।

    युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वमा भइरहेको कूटनीतिक प्रयास पनि निष्कर्षविहीन बनेको छ भने संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२६ मा सर्वसाधारणको हताहती उल्लेखनीय रूपमा बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images