images
images
  • सुनको मूल्य बढ्यो, चाँदीको भाउ पनि महँगियो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा दोस्रो दिन पनि सुन–चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

    आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images