अमेरिकाले १३ दिनपछि इरानमाथिको आक्रमण रोक्यो, कूटनीतिक प्रयासलाई प्राथमिकता
काठमाडौं– अमेरिकाले लगातार १३ दिनसम्म इरानमाथि हवाई आक्रमण गरेपछि शुक्रबार पहिलोपटक आक्रमण रोकेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सेनालाई आक्रमण रोक्न निर्देशन दिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ट्रम्पले इरानसँग वार्तामार्फत समाधान खोज्ने प्रयासलाई थप समय दिन चाहेको संकेत दिएका छन् ।
अमेरिकाले ठूलो आक्रमण गर्ने अनुमानमा इजराइल उच्च सतर्कतामा बसे पनि अन्ततः थप हमला भएन ।
यसबीच ओमानको मध्यस्थतामा इरानसँग वार्ता अघि बढिरहेको र होर्मुज जलमार्ग खुलाउने विषयमा प्रगति भएको बताइएको छ ।
तर इरानले पूर्णस्तरको युद्ध गर्न आफू तयार रहेको बताउँदै आएको छ ।
उसले कुनै हालतमा वार्ता नगर्ने शर्त अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















