images
images
  • इरानमा स्थलआक्रमण नगर्ने पक्षमा उपराष्ट्रपति र सेना प्रमुख, अन्तहीन युद्धमा नफस्न ट्रम्पलाई सुझाव

    काठमाडौं– इरानमाथि अमेरिकी सैन्य आक्रमण अस्थायी रूपमा रोकिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनभित्र युद्ध थप लम्बिन सक्ने जोखिमबारे मतभेद देखिएको छ ।

    सीएनएनका अनुसार उपराष्ट्रपति जेडी भान्स र अमेरिकी सेनाका संयुक्त चीफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले अमेरिका दीर्घकालीन युद्धमा फस्न नहुने पक्षमा जोड दिएका छन् ।

    हाल अमेरिकी सेनाले थप हवाई आक्रमण रोकेर परिस्थितिको रणनीतिक समीक्षा गरिरहेको बताइएको छ ।

    यद्यपि ट्रम्पले इरानमाथि दबाब कायम राख्ने नीति नबदलिएको र आवश्यक परे पुनः सैन्य विकल्प अपनाउन सकिने संकेत दिएका छन् ।

    अधिकारीहरूका अनुसार अहिलेको विराम स्थायी युद्धविराम नभई रणनीतिक पुनर्मूल्यांकनको चरण हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images