images
images
  • इरान समर्थित हुथी विद्रोहीको आक्रमणमा कुनै सैन्य समाधान छैन : विदेशमन्त्री अराघची

    काठमाडौं– साउदी अरब र तेहरान समर्थित हुथी विद्रोहीहरूबीच बढ्दो द्वन्द्वको कुनै सैन्य समाधान नभएको इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार बताएका छन् ।

    दुवै पक्षले एकअर्कामाथि आक्रमण सुरु गरेपछि उनको यो भनाइ आएको हो ।

    ‘यमन, बाब अल–मन्दाब र अन्य क्षेत्रीय मुद्दाहरूको कुनै सैन्य समाधान छैन भन्ने हाम्रो बुझाइ रहेको छ,’ शनिबार इरानी दैनिक एक पत्रिकामा प्रकाशित अन्तर्वार्तामा अराघचीले भने ।

    उनले दुवैपक्षबीच ‘संवाद’ को लागि आह्वान गरे ।

    उनले यमनको स्थितिलाई ‘इरानसँग जोड्न सकिँदैन’ भने ।

    बाब अल–मन्दाब जलसन्धिको क्षेत्रमा भइरहेका घटनाहरू ‘यमन, साउदी अरब र त्यस क्षेत्रका देशहरूबीचका पुराना विवाद र मुद्दाहरूबाट उत्पन्न भएका’ उनले बताए ।

    सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घसँगको वार्ताबाट भएको युद्धविरामपछि ठूलो मात्रामा रोकिएको यमनी हुथी र साउदी अरबबीचको नवीकृत द्वन्द्व यस महिना फेरि सुरु भएको छ ।

    तेहरान निकट हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेका छन् र ट्याङ्करहरूमाथि आक्रमणको दाबी गरेका छन् ।

    यो नाकाबन्दीले साउदी अरबको विश्वमा आफ्नो आपूर्ति पु¥याउने क्षमतालाई खतरामा पारेको छ ।

    इरानले हर्मुज जलसन्धि (साउदी अरबको एकमात्र अर्को समुद्री मार्ग)मा समानान्तर नाकाबन्दी लगाएपछि यस्तो अवस्था आएको हो ।

    शुक्रबार हुथीका एक प्रवक्ताले विद्रोहीहरूले बाब अल–मन्दाब जलसन्धिबाट आवागमन रोकेका छैनन् र समुद्री नाकाबन्दीले ‘केवल साउदी पक्षलाई मात्र असर गर्ने’ बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images