काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरानविरुद्धको सैन्य आक्रमण थप विस्तार नगर्न आन्तरिक दबाब बढेको छ ।
सीएनएनका अनुसार उपराष्ट्रपति जेडी भान्स र संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनले युद्ध लम्बिँदा हतियार भण्डारमा पर्ने असर र क्षेत्रीय जोखिमबारे ट्रम्पलाई सचेत गराएका छन् ।
उच्चस्तरीय बैठकपछि इरानमाथिको अमेरिकी रात्रिकालीन हवाई आक्रमण हाललाई रोकिएको छ ।
यद्यपि, यो निर्णय स्थायी हो वा होइन भन्ने स्पष्ट गरिएको छैन ।
ह्वाइट हाउसले कूटनीतिक समाधानलाई प्राथमिकता दिइएको जनाएको छ ।
आवश्यक परे सैन्य कारबाही तीव्र बनाउन सकिने चेतावनी पनि दिएको छ ।
उता खाडी राष्ट्रहरूले इरानमाथि आक्रमण नगर्न ट्रम्पसँग आग्रह गरेका छन् ।
यदि भीषण आक्रमण भए खाडी राष्ट्रहरूको भविष्य इरान हतियारले खरानी बनाउने चिन्ता व्यक्त गरेका छन् ।
ट्रम्पले अमेरिका–इरानबीच वार्ता जारी रहेको र इरान पहिलेभन्दा बढी गम्भीर देखिएको दाबी गरेका छन् ।


विश्व खबर 




















