काठमाडौं– सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखेर नयाँ डिजाइन अन्तिम गरेको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बा अंकित गर्ने डिजाइन पठाएकोमा मन्त्रिपरिषद्ले फिर्ता गरी पुनः संशोधन गर्न निर्देशन दिएको थियो ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नयाँ सिक्कामा नेपालको नक्सा रहनेछ र उत्पादन लागत घटाउन तौल तथा आकार घटाइँदैछ ।
हालको सिक्का बनाउँदा त्यसको मूल्यभन्दा बढी लागत पर्ने भएकाले मिश्रित धातुको सट्टा स्टिल मात्र प्रयोग गरिने छ ।
सिक्कामा रहने ६४ थोप्ला ६४ योगिनीको प्रतीक मानिन्छ भने अन्य चित्रहरूले पनि सांस्कृतिक महत्व राख्छन् ।
डिजाइन मन्त्रिपरिषद्बाट पारित भइसकेको र अर्थ मन्त्रालय हुँदै राष्ट्र बैंक पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















