images
images
  • १० राउन्ड हवाई फायरले रोकिएन विहार आन्दोलन, कुटिए एसपी

    काठमाडौं– निट प्रश्नपत्र बाहिरिएको विषय र लाठीचार्जविरुद्ध भारतभर विद्यार्थीहरूको प्रदर्शन शनिबार पनि जारी छ ।

    बिहार बन्दको क्रममा पटना, सीवानलगायत ८ जिल्लामा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।

    सीवानमा भएको झडपमा प्रहरी उपरीक्षक (एसपी) पूरन झा घाइते भएका छन् ।

    भिड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै करिब १० राउन्ड हवाई फायर गरेको छ ।

    छपरामा विद्यार्थीहरूले प्रहरीको गाडीमा आगजनी गरेका छन् भने सरकारी भवनमा चढेर पोस्टर च्यातेका छन् ।

    सडकमा ठूलो संख्यामा प्रदर्शनकारी ओर्लिएपछि न्यायाधीशको गाडी समेत रोकियो ।

    पटनामा पूर्वमन्त्री तेजप्रताप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सीतामढीको ढुङ्गामुढामा महिला प्रहरी निरीक्षक (एसआई)सहित १२ जना घाइते भएका छन् ।

    भागलपुरमा लाठीचार्जपछि प्रहरी आफैं ज्यान बचाएर भाग्न बाध्य भएको छ ।

    बिहारबाहेक उत्तर प्रदेशका प्रयागराज, लखनऊ, सहारनपुर र मध्यप्रदेशका २० भन्दा बढी सहरमा पनि विरोध प्रदर्शन जारी छ ।

    इन्दौरमा प्रदर्शनरत विद्यार्थीमाथि ड्रोनबाट निगरानी गरिँदै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images